Thursday, June 25, 2009

गर्भावस्था र अपाङ्गताको सम्बन्ध!!

कुनै पनि समुदायमा आमा र बालबालिकाको महत्वपूर्ण स्थान रहेको हुन्छ। आमा र बच्चाको स्वास्थ्य प्रवद्दन गर्ने विभिन्न रोगहरु बाट बचाउन प्रतिकारत्मक सेवा दिने, रोग लागेमा उपचारत्मक सेवा दिने र आवश्यकता अनुसार पुनर्स्थापनात्मक सेवा हरु दिने काम समग्र समुदायमा आधारित रहन्छ।
आर्थात समुदायको (महिला स्वमं, परिवार, सामाजिक संघ सस्था) सक्रीय चासो र सहभागीता आवश्यक हुन्छ। नेपालको जन शख्या बृदिदर 2.27 प्रतिशत छ।यही बृदिदर कायम रहेमा अबको ३०.8 बर्षमा जन सख्या दोब्बर हुन्छ। यसरी तिब्र रुपमा बढी रहेको जनशख्या लाई उचित श्वासथ्व सेवा पुर्याउन नसक्दा बिशेस गरी महिला र शिसुको स्वास्थ्य स्थिती नाजुक अवस्थामा पुगी रहेको त छ नै अपाङ्ग बाल बालिका को सख्या समत दिनानुदिन बढिरहेको छ।बच्चा गर्भमा आए देखी वा महिला गर्भवती भएदेखी बच्चा नजन्मनुनजेल सम्म आमामा देखिने शाररिक परिवर्तन,मानसिक अवस्था, रहन-स हन र खान पान ले ग र्भ भित्र रहेको बच्चा लाई प्रत्यक्ष अस र पारीरहेको हुन्छ। बालकमा जन्म जात देखिने अपाङ्गपन लाई कम गर्नका लागि गर्भवती आमाको स्या हार- सुसारमा बिशेष ध्यान पुर्‍याउनु पर्दछ। खान पान र रहन सहनले यसमा प्रत्यक्ष् प्रभाव पारीरहेको हुन्छ।
हिजो आज सहर मा बस्ने महिलाहरु सभ्य र शहरीया देखिने धुनमा खान पान र लगाईमा बिशेष ध्यान दिएको देखिदैन। आमा ले लगाएको लुगा को आधारमा समीत बच्चा को श्वासथ्व स्थीती बिग्रन सक्छ। अचेल जन्मन साथ जन्डिस निमोनिया भएका बच्चा हरु धेरै पाईन्छ।

गर्व रहेको सुरुको ३ महिन असाद्ये ई खतरनाक हुन्छ । आमलाई प्रसस्त मात्रमा भिटामिन आवस्यता पर्दछ । यद्यपी हरेक दिन र क्षण हरु उत्तिकै महत्वपूर्ण हुन्छन । एस समयमा आमले कुनै पनि औषधी सेवान गर्नु हुँदैन । गर्नेइ पर्ने भएपनी तलिमप्राप्त चिकित्सकको सल्लाह लिएर मात्र गर्नुपर्ने हुन्छ । एस समय औषधी सेवान गर्दा बच्चा खुडे वा पूर्णरुपमा बिकर्सित नभएको, मेरुडाँडा मेरुडनडमा बिक्रिती भएको जन्म्न सक्छ । गर्ववती आमले धुमपान मद्यपान कदपी गर्नुहुदैन । मद्यपन गर्दाखरी तेस्मा रहेको लागु पदार्थ प्रत्यक्ष्य असार पर्द्छ । जस्को करण बच्चा सुस्थ मनस्थितिको जन्मने प्रबल सम्भावना रहन्छ । तेस्ताइ बच्चामा रोग प्रतिरोधात्मक सक्ती काम हुन गएर जन्मनासाथ बिभिन्न किसिमका रोगहरुले आक्रमण गर्दछ । जस्तेइ कडा खल्को निमोनिया, म्यनेन्जाइटिस इत्यदी । जस्को जटिल्ता ले बच्चालाई अपाङ्ग बन्न वाध्य बनाउछ ।

मनिषको शरीर सन्चालन गर्ने पहिलो केन्द्र मस्तिस्क नेइ हो । एस्को बिकास आमको गर्व मा रहदादेखी नेइ सुरु हुन्छ । एही बिकसित रुपमा रहेको दिमागको केही कुनेइ-कुनेइ भागमा थोरै मात्र संघत (आक्रमण) भयो भने पनि बलक पूर्ण रुपमा बिकसित भएर जन्मन सक्दैन । जस्को पारीनाम आम-बुवाले पछुताउनु सिवाय केही छैन भने बच्चाको जीवन नारकिय बन्दछ । एसैले गर्वाअवस्थामानेइ पूर्ण रुपले सावधान किन नरहने ?

बच्चा जन्मने बित्तिकै उस्को अवस्था थाहा पाउने बिभिन्न कृयाकलाप र चिन्नहरु हेर्ने तरिकलाई अपगर भनिन्छ । जन्मने बित्तिकै उसैको रङ, सास फेर्छ फेर्दैन, बच्चा दर्हो, लुलो के छ, रुन्छ कि रुदैन हेर्नुपर्छ, नुहैदिनु पर्छ । बच्चा जन्मने बेलामा आमलाई हुने लामो लामो समयको प्रसब पिडा ले समेत अपाङ्गता बढाउन सक्छ । एसैले बच्चा जन्मने समयवधी नजिकिदै गएपछी जतिसक्दो चाडओ अस्पतालामा पुर्‍याउनुपर्छ ।जन्मदेइ बच्चा बिभिन्न किसिम्क बिक्रितिहरु हुन सक्छन जस्तेइ: टाउकोको जोर्निहरु धेरै फरकिल हुने, टाउको भित्र पानी भरिने(Hydrocephalous)Facial Paralysis, Cleft Cleft
अनुहार बाङो हुने खुडे इत्यादी)
आँखा को रङ साधारण आँखा भित्र रक्त स्राव भ ई रातो देखिएको सुन्निएको वा पानी बगेको आदी घां टि मा जन्म जा त गल गा ड
हात खुटा पूर्ण अबिकासईत चलाऊन नसकिने अवस्था औंला जोडीएको खुटा पैतला घुमेको ईत्यदी। ढाड मा मेरु द न्ड मा बिक्रिती स्पाइला विफिडा आदी।
गर्भ अवस्था र बच्चा जन्मने बेलामा नियमित जांच र संन्तुलित आहार उचीत रहन सहन भयो भने गर्भको कारणले अपाङ्ग बच्चा जन्मने क्रमलाई अवस्य कम गर्न सकिन्छ। बच्चा जन्मीसके पछी पुनर्स्थापना गर्नु भन्दा जन्मनु पूर्व अपाङ्ग हुन बाट किन नबच्चाउने यसै ले हरेक सामाजिक संघ सस्था र समुदायले स्वास्थ्य बच्चा जन्माउन र अपाङ्गता बाट बच्ने उपायका बारे मा चेतना जगाउन आजै देखी लाग्ने कि??
देव पराजुली

2 comments:

  1. Nice article
    visit
    Online Earning
    to learn and earn more money.

    ReplyDelete
  2. I ADAMS KEVIN, a representative Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail: (adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcome to Aiico Insurance plc. You can also contact us by e-mail: (adams.credi@gmail.com). We first week can request a balance transfer.

    DO YOU NEED LOAN FOR PERSONAL BUSINESS? IF YOU CONTACT YOUR EMAIL ABOVE TO PROCEED WITH YOUR LOAN TRANSFER IMMEDIATELY OK

    ReplyDelete